बुटवल– नेकपाका स्थायी समिति सदस्य घनश्याम भुसालले १० महिनासम्ममा पनि नेकपाले एकता प्रक्रिया टुंगो लगाउन नसक्दा राम्रो सन्देश नगएको बताएका छन् । आफ्नो निर्वाचन क्षेत्रबाट काठमाडौं फर्कने क्रममा बिहीबार पत्रकारसँग कुराकानीमा भुसालले पार्टी एकता टुंगो लाग्न अझै ४ देखि ६ महिना लाग्ने ठोकुवा गरे ।
उनले भने, ‘एकता नहुनुका पनि आफ्नै कारण छन्, त्यसैले बाहिर धेरै कुरा गरेका छैनौं, तर अब ४–६ महिनामा यसले पूर्णता पाउँछ ।’
सिके राउतसँगको सम्झौताको प्रसंग निकाल्दै भुसालले पार्टीलाई अँध्यारोमा राखेर गरिने सम्झौता खतरनाक हुने बताए । राउतलाई लोकतान्त्रिक गणतन्त्रको मूल प्रवाहमा ल्याउने सम्झौता सकारात्मक भए पनि प्रक्रियागत रुपमा गलत भएको उनको टिप्पणी थियो ।
विप्लव समूहले चन्दा आतंक, लुटपाट र हत्या हिंसा रोक्नुपर्ने र सरकारले पनि सो समस्या राजनीतिक र सैद्धान्तिक ढंगले हल गर्नुपर्ने उनको सुझाब थियो ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।