उपप्रधान एवं स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उपेन्द्र यादवले शिक्षा, स्वास्थ्य र रोजगारीको समुचित व्यवस्थापन हुन नसक्दा मुलुकको विकास सम्भव नहुने कुरामा जोड दिएका छन् ।
मधेसी स्वास्थ्यकर्मीको फोरम नेपाल कलैया एकाइ समितिको आयोजना एवं मधेस प्रदेश समितिको सहकार्य एवं अस्पताल विकास समितिको सहयोगमा आयोजना गरिएको सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै उनले रोग, भोकको अभावसँगै उपचारबिना कोही कसैलाई मृत्युवरण गर्ने अवस्थाको अन्त्य हुनुपर्ने धारणा व्यक्त गरेका थिए ।
स्वास्थ्य सेवा मौलिक हकको रूपमा राज्यले स्थापित गरेको हुँदा नागरिकलाई सर्वसुलभ एवं गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्न मन्त्रालय लागि परेको मन्त्री यादवले बताए ।
उनले प्रादेशिक अस्पताल कलैयालाई ५० बाट १ सय बेडको अस्पताल बनाउने भन्दै यस अस्पतालमा थप जनशक्ति विशेषज्ञ चिकित्सकको समेत व्यवस्था गर्ने प्रतिबद्धता जनाए । राजनीतिक अस्थिरताका कारण देशको अर्थतन्त्र डामाडोल भएको स्वीकार गर्दै यो सरकार स्थिर रही अर्थतन्त्रलाई सुधार गर्ने उनले दाबी गरे ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।