logo-img

टोयटाले बालबालिकासँग माग्यो कारको डिजाइन, नेपालबाट ९ जना छनोट

नेपालका लागि टोयोटाको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेटले १७ औँ टोयोटा ड्रिम कार आर्ट कन्टेस्ट सम्पन्न गरेको छ । आइतबार काठमाडौंमा एक कार्यक्रमबीच १७ औँ टोयोटा ड्रिम कार आर्ट कन्टेस्ट सम्पन्न गरेको बताएको हो ।

सिन्डिकेटले नेपालबाट १७ औं टोयोटा ड्रिम कार आर्ट कन्टेस्टका लागि ९ जना छनोट गरेको बताएको छ । कार्यक्रमका क्रममा बोल्दै सिन्डिकेटका प्रतिनिधि प्रशान्त खत्रीले नेपालबाट टोयोटा ड्रिम कार आर्ट कन्टेस्टमा विश्व प्रतिस्पर्धाका लागि ९ जना छनोट गरिएको र उनीहरूलाई जापान विश्वस्तरको प्रतिस्पर्धाका लागि जापान पठाइने बताए ।  



उनले युनाइटेड ट्रेडर्स सिन्डिकेटले तीन क्याटोगरीमा सात वर्षसम्म, ८ देखि ११ र १३ देखि १५ वर्षसम्मा विभाजन गरी तीन क्याटोगरीबाट समान तीन/तीन जना छनोट गरेको बताए ।  

१७ औँ टोयोटा ड्रिम कार आर्ट कन्टेस्टमा नेपालमा ८ सय बढी विद्यार्थीले सहभागिता जनाएको बताए । यसले साना बालबालिकाको लागि भविष्यको कार कस्तो हुनुपर्छ भन्ने कन्सेप्ट तयार पार्न सहज हुने बताए । 

भविष्यका इन्भेन्टर्स, थिंकर्स र ड्रिमर्स बालबालिकाको प्रतिभालाई प्रस्फुटन गर्न यसले सहयोग पुर्याउने टोयोटाले अपेक्षा गरेको बताएको छ । सन् २००४ देखि टोयोटाले आफ्नो सामाजिक उत्तरदायित्वअन्तर्गत यस प्रकारको प्रतियोगिता आयोजना गर्दै आएको छ । 





  • प्रकाशित मिति : चैत ४, २०८० आइतबार १४:११:५६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया