श्रीलंकाको जलसेनाले शनिबार राति आफ्नो जलक्षेत्रमा अवैध रूपमा माछा मारिरहेका २१ जना भारतीय मछुवालाई पक्राउ गरेको छ ।
उत्तरी श्रीलंकाको डेल्फ्ट टापु नजिकै माछा मारिरहेका भारतीय डुङ्गालाई पिछा गर्दै जाँदा उनीहरूलाई पक्राउ गरिएको र उनीहरूले प्रयोग गरेका दुई वटा डुंगा पनि जफत गरेको विज्ञप्तिमा उल्लेख छ ।
जफत गरिएका डुंगा र २१ मछुवालाई कान्केसानथुराई बन्दरगाहमा ल्याइएको र उनीहरूलाई कानुनी प्रक्रियाका लागि स्थानीय अधिकारीलाई सुम्पिने नौसेनाले जनाएको छ ।
नौसेनाले सन् २०२४ मा श्रीलंकाको जलक्षेत्रमा १८ भारतीय डुंगा र १४६ भारतीय मछुवालाई सुरक्षा नियन्त्रणमा लिएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।