एउटै आमाले दुई बाबुका जुम्ल्याहा जन्माउन कसरी सम्भव भयो ?

एजेन्सी— जुम्ल्याहा बच्चा जन्मिएको खुसीमा एउटा चिनियाँ जोडी थियो । तर, यो खुसी लामो समय रहेन । उनीहरुले जन्मिएका जुम्ल्याहा बच्चा हेरे, दुवै फरक थिए । उनीहरु झन् आश्चर्यमा त्यति बेला परे जब एउटा बच्चाको मात्र अनुहार ती बाबुसँग मिल्थ्यो । 

समाचार एजेन्सी रियोटर्सका अनुसार त्यसपछि उनीहरुले बच्चाहरुको डिएनए टेस्ट गर्ने निर्णय लिए । डिएनए परीक्षणको रिपोर्ट आएपछि थाहा भयो– ती जुम्ल्याहा बच्चा छुट्टाछुट्ै बाबुका रहेछन् । 

यस्ता घटनाहरु अत्यन्त विरलै हुन्छन् । तर, हुन्छन् । यस्तो अवस्थालाई अंग्रेजीमा ‘हेटेरोप्याटर्नल सुपरफेकुनडेसन’ भनिने गरिएको छ । तर, यस्ता घटनाहरु श्रीमतीमाथि प्रश्न नउठेसम्म बाहिर आउँदैनन् । 

सन् १९९२ मा गरिएको एक अध्ययनअनुसार २ प्रतिशत यस्ता घटनाहरु विश्वभर देखिने सम्भावना छ । यस्तो अवस्था चाहिँ जब महिलाको पाठेघरमा दुई पुरुषका शुक्रकिटबाट गर्भाधानको प्रक्रिया सुरु हुन्छ, तब यसको सम्भावना बढी हुने बताइएको छ । यस्तै घटना यसअघि सन् २०१५ मा पनि भएको थियो । अमेरिकाको न्यु जर्सीमा एक महिलाले जुम्ल्याहा जन्माएकी थिइन् । ती जुम्ल्याहाका बाबु पनि फरक फरक व्यक्ति भएको त्यति बेलाको डिएनए टेस्टले खुलाएको रियोटर्सले आफ्नो रिपोर्टमा जनाएको छ ।





  • प्रकाशित मिति : चैत २१, २०७५ बिहीबार १९:१६:४६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया