भारतीय लोकसभा निर्वाचनः पति–पत्नी नै प्रतिस्पर्धी !

एजेन्सी– भारतमा अब केही पछि लोकसभा निर्वाचन हुँदैछ । निर्वाचनका लागि विभिन्न ठाउँहरुमा उम्मेदवारी दर्ता भइरहेको छ । तर, सुन्दा पत्यार नलाग्ने एउटा समाचार बाहिर आएको छ । त्यो हो– महाराष्ट्रको अहमदनगर लोकसभा सिटबाट पति पत्नी नै एकअर्काविरुद्ध उठ्दै छन् !

र, त्यो पनि सत्तारुढ दल भारतीय जनता पार्टीका उम्मेदवार सुजय विखे पाटिलविरुद्ध उनकी श्रीमती उठेकी हुन् । खासमा यो चाहिँ उनीहरुको योजनामा नै भएको हो । कथमकदाचित् सुजयको उम्मेदवारी रद्द भएको खण्डमा श्रीमती धनश्रीको उम्मेदवारी रहने अनुमान गर्दै उनीहरुले यस्तो गरेका हुन् । 

बिहिबार सुजय र उनकी पत्नी धनश्रीले अहमदनगरबाट उम्मेदवारी दिएकी हुन् । यसबारे सुजयको कार्यालयले विज्ञप्ति नै निकालेको छ । त्यसो त यो सिटमा यसअघि पनि भारतीय जनता पार्टीले नै जितेको थियो । यसअघिका यो क्षेत्रबाट जितेका सांसद दिलिप गान्धीलाई चाहिँ यसपटक भारतीय जनता पार्टीले टिकट दिएन । 

केही अघिमात्रै भारतीय जनता पार्टीमा प्रवेश गरेका सुजय चाहिँ कांग्रेसका वरिष्ठ नेता राधाकृष्ण विखेका छोरा हुन् । सुजय पहिले भारतीय कांग्रेसबाटै चुनाव लड्न चाहन्थेँ । तर, कांग्रेसले त्यहाँ एनसिपीसँग गरेको गठबन्धनका कारण त्यो सिट एनसिपीलाई दियो । कांग्रेसको यो निर्णयपछि सुजय भारतीय जनता पार्टीमा प्रवेश गरेका हुन् । उनलाई भारतीय जनता पार्टीले पनि निर्वाचनका लागि टिकट तत्काल दिएको भारतीय मिडिया नवभारत टाइम्सले आफ्नो समाचारमा लेखेको छ ।  





  • प्रकाशित मिति : चैत २१, २०७५ बिहीबार २०:२:४३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया