कर्मचारी समायोजनले सरकारी चिकित्सक असन्तुष्ट, ओपिडी बन्द गरेर आन्दोलनमा
फाइल तस्वीर ।

काठमाडौं– पहिले भएको सहमति विपरित कर्मचारी समायोजनको सुची प्रकाशित भएको भन्दै सरकारी चिकित्सक संघ (गोदान) आन्दोलनमा उत्रिएको छ । गोदानले शुक्रबारबाट नै सरकारी अस्पतालमा आकस्मिकबाहेकका अन्य सबै ठेप्पा बन्द गर्ने घोषणा गरेको छ । 

गोदानका अध्यक्ष डा. दीपेन्द्र पाण्डेका अनुसार सरकारले आश्वासन मात्र दियो तर पहिले भएका सहमति पनि कार्यान्वयनमा नल्याएकाले यो आन्दोलन गर्नु परेको हो । सरकारी चिकित्सकहरुले कर्मचारी समायोजनामा संघअन्तर्गत रहन पाउनु पर्ने अडान राख्दै आएका छन् ।

चिकित्सकहरुको छाता संगठन नेपाल चिकित्सक संघले समायोजन सहमतिअनुसार नभएकोले गोदानको आन्दोलनमा ऐक्यबद्धता जनाउने निर्णय गरेको छ । संघले सरकारी चिकित्सकहरुको माग सम्बोधन सरकारले छिटो गर्नु पर्ने बताएको छ । विज्ञप्ति निकाल्दै संघले सरकार आफूले गरेका सहमतिबाट पछाडि हट्न नहुने जनाएको छ । 





  • प्रकाशित मिति : चैत २२, २०७५ शुक्रबार १०:३१:४९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया