सिके राउत प्रदेश २ का मुख्यमन्त्रीप्रति असन्तुष्ट

काठमाडौं— जनमत पार्टीका अध्यक्ष सिके राउत बारा र पर्सामा हावाहुरीका पीडितलाई आवश्यक सहयोग गर्न नसकेको भन्दै प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतविरुद्ध आक्रामक भएका छन् । यसअघि पनि उनले बारम्बार आफ्नो फेसबुक एकाउन्टबाट हावाहुरी पीडितलाई प्रदेश दुई सरकारले उचित राहत उपलब्ध गराउन नसकेको बताउँदै आएका थिए । 

शुक्रबार विहान पनि फेसबुकमा राउतले लेखेका छन्, ‘हुरी पीडितसँग युद्ध लड्न जाँदै मुख्यमन्त्री । कठै बिचरा !’

उनले योसँगै मुख्यमन्त्रीले प्रदेशमा आवश्यक काम गर्न पनि नसकेको बताएका छन् । प्रदेश दुईले जनताबाट असुलेको ढुकुटी आफ्नालाई बाँड्ने र भ्रष्टाचार मात्र गरेको उनले फेसबुकमा लेखेका छन् । 

उनले लेखेको फेसबुक पोस्टः


 





  • प्रकाशित मिति : चैत २२, २०७५ शुक्रबार १०:४६:४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया