एजेन्सी– न्युजिल्यान्डकी प्रधानमन्त्री जेसिन्दा अर्डन एक पटक फेरि चर्चामा आएकी छन् । मानवीयता र सामाजिक सद्भावकाे उदाहरण बनेर विश्वभर चर्चित भएकी जेसिन्दाले क्राइस्टचर्चको एक सुपरमार्केटमा पर्स भुलेकी आमालाई सहयाेग गरेकाे विषयले चर्चा पाएकाे छ ।
ती महिला आफ्ना दुई बच्चालाई लिएर सपिङ गर्न आएकी थिइन् । उनले सुपरमार्केटबाट किराना सामानहरु लिइन र बिल तिर्न लाइनमा बसिन्, त्यसपछि आफ्नो पर्स घरमै छोडिएको उनले थाहा पाइन् ।
पर्स नभएपछि ती महिला चिन्तित भएकी थिइन्, त्यही समयमा उनको पछि उभिएकी प्रधानमन्त्री जेसिन्दाले उनको बिल चुक्ता गरिन् ।
गएको महिना प्रधानमन्त्री जेसियसपटक आफ्ना बच्चाको लागि सान्दा विश्वभर चर्चित बनिन् जब उनी क्राइस्टचर्चका दुई मस्जिदमा भएको आक्रमणपछि बुर्का पहिरिएर पीडितलाई भेट्न पुगिन् ।मान किन्न गएकी आमालाई सहयोग गरेर फेरि चर्चामा आएकी छन् ।
ती महिलाकी साथी हेलेन बर्नेसले ट्विट गर्दै लेखेकी छन् ‘मेरी साथी आफ्ना दुई बच्चा लिएर सपिङ गर्न आएकी थिइन्, उनले आफ्नो पर्स ल्याउन बिर्सिएकी थिइन् । जसरी म आफ्नी साथीलाई माया गर्दिन् र उनको बिल तिर्न सक्दिन जस्तो गरी लाइनमा पछाडी उभिएकी प्रधानमन्त्री जेसिन्दा अगाडि गएर बिल तिरिन् ।’
Great article. Also, like we didn’t love her enough, @jacindaardern paid for my friends’ shopping in the supermarket the other day when she had forgotten her purse and had two screaming kids in tow. SIGH! https://t.co/wsu0ukcJmB
— Helen Burness (@HBurness) March 31, 2019
बिहीबार बिहान सामाजिक सञ्जालमा यसको निकै चर्चा भयो र प्रधानमन्त्रीको धेरै तारिफ भयो । यसबारेमा कुरा गर्दा प्रधानमन्त्री जेसिन्दाले उनी एक आमा भएको कारण सहयोग गरेको प्रतिक्रिया दिइन् ।
न्युजिल्यान्ड हेराल्डले बगोर नामकी महिलाको भनाई उद्धृत गर्दै लेखेको छः म लाइनमा उभिएकी थिएँ, प्रधानमन्त्री मेरो पछाडि थिइन्, यो मेरो लागि आश्चर्यको कुरा थियो । उनी अगाडि बढिन् र मेरो सामानको बिल तिरिन्, म आफ्ना दुई बच्चा लिएर सपिङ गर्न जाँदा पर्स घरमै भुलेकी थिएँ ।’
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।