अब टिसर्टले हरपल मुटुको धड्कन हेर्नेछ, घडीले रक्तचाप !

वासिंगटन– पछिल्ला केही दिनमा टेक्नोलोजी कम्पनीहरुले यस्ता ग्याजेटहरु लन्च गरेका छन्, जो शरीरभित्र चलिरहेका जुनसुकै गडबडी या रोग तत्काल पहिचान गरी अलर्ट दिन्छन् । समयमै पहिचाह हुँदा यिनको उपचार सहज हुन्छ । विज्ञहरुका अनुसार यस्ता खोज लाइफलाइनजस्तै हुन्, जसले घातक रोगहरु बेलैमा पत्ता लगाएर ज्यान बचाउन सक्छन् । 

यिनलाई अमेरिकी फुड एन्ड ड्रग एडमिनिस्ट्रेसनले पनि स्वीकृति दिइसकेको छ । केही डिभाइस अमेरिका र बेलायतका बजारमा आइसकेका छन्, केही यो वर्षको अन्तसम्म बजारमा आउने तयारीमा छन् । आउनुहोस्, यस्ता केही प्रविधिबारे जानिराखौँ । 

टिसर्टले मुटुको धड्कनमाथि राख्छ हरपल नजर

फ्रान्सको सर्भियर कम्पनीले यस्तो टिसर्ट बनाएको छ, जसले मुटुको धड्कनमा हुने गडबडी तत्काल पत्ता लगाउँछ । यसमा १५ इलेक्ट्रोड फिट गरिएका छन्, जो मुटुमाथि हरपल निगरानी राख्छन्, चिप एपको माध्यमबाट डाटा पठाइरहन्छन् । यो अर्को साल बजारमा आउनेछ । 

गलाको हारले हृदयघातको सम्भावना बताउँछ 



टुसेन्स कम्पनीको यो हारले पहिरिएको दुई मिनेटमै हृदयघातको सम्भावना बताउँछ । यसको सेन्सरले हार्ट फ्ल्ड, सास र छालाको तापक्रम ट्र्याक गर्छ, र ब्लुटुथबाट डाटा पठाउँछ । यो २०१९ को अन्तसम्म बजारमा आउनेछ । 



स्मार्टफोनले देखाउँछ इसिजी रिपोर्ट

कार्डियोमोबाइलको यस डिभाइसमा धातुका दुईवटा प्याड छन् । यिनमा ३० सेकेन्डसम्म दुईवटा औँला राखेपछि तुरुन्तै थाहा हुन्छ कि मुटुको चाल ठीक अवस्थामा छ कि छैन । अमेरिकामा उपलब्ध यस डिभाइसको मूल्य साढे १४ हजार रुपैयाँजति पर्छ । 

रक्तचाप बढ्नेबित्तिकै अलर्ट गर्छ घडीले

ओमोरन हेल्थकेयरको हार्टगाइड स्मार्ट वाचमा कफ छ, नाडीमा बाँधेपछि यो आफैँ फुल्छ । यसले २४सै घन्टा ब्लड प्रेसरमाथि निरानी राख्छ, स्मार्टफोनलाई डाटा दिन्छ । रक्तचाप बढ्नेबित्तिकै यसले अलर्ट दिन्छ । अमेरिकामा उपलब्ध यस घडीको मूल्य ५३ हजार रुपैयाँजति पर्छ । 

  • प्रकाशित मिति : चैत २२, २०७५ शुक्रबार १३:२४:३१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया