logo-img

तीन संसदीय समितिको बैठक बस्दै, के-के छन् कार्यसूची ?
फाइल तस्बिर

शुक्रबार तीनवटा संसदीय समितिको बैठक बोलाइएको छ । शुक्रबार पूर्वाधार विकास समिति, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति र संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक बोलाइएको हो । 

पूर्वाधार विकास समितिको बैठक मध्यान्ह १२ बजे बोलाइएको छ । बैठकमा कोशी प्रदेशको स्थलगत भ्रमण प्रतिवेदनमाथि छलफल गर्ने कार्यसूची छ । त्यस्तै, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक दिउँसो १ बजे बस्दैछ । 

बैठकमा विद्यालय शिक्षा सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकका सम्बन्धमा छलफल गर्ने कार्यसूची छ । त्यस्तै, संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक पनि आजै बोलाइएको छ ।

सभामुख देवराज घिमिरेसहित प्रमुख दलका प्रमुख सचेतक विदेश भ्रमणमा उडेपछि शुक्रबारदेखि अब एक सातासम्म प्रतिनिधिसभा बैठक छैन ।
 





  • प्रकाशित मिति : चैत ९, २०८० शुक्रबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया