logo-img

न्याय क्षेत्रमा महिलाको सारभूत प्रतिनिधित्व अपरिहार्य : प्रधानन्यायाधीश श्रेष्ठ
फाइल तस्बिर

प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले न्याय क्षेत्रमा महिलाको सारभूत प्रतिनिधित्व अपरिहार्य रहेको बताएका छन् । शुक्रबारबाट ललितपुरमा सुरु भएको महिला न्यायाधीशको प्रथम राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै उनले न्याय क्षेत्रमा महिलाहरूको सारभूत प्रतिनिधित्वको विषय दिगो विकासका लक्ष्य हासिल गर्ने तथा लोकतन्त्र, विधिको शासन, समानता र सामाजिक न्याय सुनिश्चित गर्ने महत्वपूर्ण आधार हुने बताएका हुन् । 

उनले न्यायपालिकामा महिला न्यायाधीशहरूको उपस्थिति वा प्रतिनिधित्वको विषय संख्यामा मात्र नभइ मानव अधिकार तथा न्यायका मूल्य मान्यता र आदर्शप्रति सम्मान एवं न्यायप्रतिको प्रतिवद्धता रहेको बताए । उनले न्यायपालिकामा महिला न्यायाधीशको सम्माजनक उपस्थिति र प्रतिनिधित्वले समानताको प्रत्याभूति गर्ने बताए ।  



प्रधानन्यायाधीश श्रेष्ठले न्यायपालिकामा महिला न्यायाधीशको उपस्थिति आफैंमा लैङ्गिक मान्यताप्रतिको परम्परागत सोच तथा लैङ्गिक मनोवृत्तिविरुद्धको बलियो प्रमाण भएको बताए । उनले न्याय क्षेत्रमा महिलाको सहभागिताले न्याय क्षेत्रमा समावेशी पारदर्शिता र न्यायिक सदाचारको प्रवर्द्धनमा समेत योगदान पुग्ने विश्वास व्यक्त गरे ।  

प्रधानन्यायाधीश श्रेष्ठले कानुन व्यवसायमा महिला कानून व्यवसायीको संख्या उल्लेख्य रुपमा वृद्धि हुँदै गएको बताए । कानुन विषयको अध्ययन गर्ने महिलाको संख्या पछिल्लो समयमा उत्साहवद्र्धक रहेको बताए ।   

उनले सबैको प्रयास र प्रतिवद्धताबाट नै न्यायपालिका अहिले स्वाभाविक लय र गतिमा हिँड्न थालेको बताए । प्रधानन्यायाधीश श्रेष्ठले स्वच्छ, निष्पक्ष, छिटो छरितो, गुणस्तरीय र प्रभावकारी न्याय सम्पादन हुनु नागरिकको चाहना रहेको बताए ।  





  • प्रकाशित मिति : चैत ९, २०८० शुक्रबार ११:४२:५२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया