अर्धमहाकुम्भ मेला उद्घाटन गर्ने प्रधानमन्त्रीको कार्यक्रम स्थगित

काठमाडौ– अर्धमहाकुम्भ मेलाको उद्घाटनमा प्रधानमन्त्री केपी शर्मा ओली र उपप्रधान तथा रक्षा मन्त्री ईश्वर पोखरेल दुवै जना सहभागी नहुने भएका छन् । 

शनिबारदेखि सुरू हुन लागेको अर्धमहाकुम्भ मेलाको उद्घाटन प्रधानमन्त्री ओलीले गर्ने तय भए भएको थियो । 

मौसममा खराबी आएकाले चतरा जाने प्रधानमन्त्रीको निर्धारित कार्यक्रम स्थगित भएको प्रधानमन्त्री ओलीका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिए ।

उनले भने, ‘प्रधानमन्त्री चतरा जाने कार्यक्रम तय भए पनि शनिबारको मौसममा खराबी आएकाले स्थगित भएको छ ।’  

अर्धमहाकुम्भ मेलामा प्रधानमन्त्री सहभागी हुने कार्यक्रम स्थगितपछि उनले आफ्नो लिखित सम्बोधन पठाएका छन् । प्रधानमन्त्रीले पठाएको लिखित सम्बोधन आयोजकले पढेर सुनाउने संयोजक अधिकारीले जानकारी दिए ।





  • प्रकाशित मिति : चैत २३, २०७५ शनिबार १०:३८:२८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया