logo-img

मस्कोलाई ‘आतंकवादी हमला’ हुनसक्ने थियो पूर्वसूचना

मार्च महिनाको सुरूमा रुसस्थित अमेरिकी दूतावासले ‘अतिवादी’ समूहहरूले ‘मस्कोमा हुने कन्सर्टसमेत ठूला जमघटहरूलाई लक्षित गर्ने’ योजना बनाइरहेको भन्ने समाचारहरूको अनुगमन गरिरहेको बताएको थियो ।

इस्लामी समूहद्वारा रूसका मस्को र अन्य ठूला शहरहरू विगतमा पनि आक्रमणहरूको निशाना बन्ने गरेका छन् र त्यहाँ कुनै स्पष्ट राजनीतिक उद्देश्य बिनाका घटनाहरू पनि भएका छन् ।

शुक्रबार एक विज्ञप्ति जारी गर्दै ह्वाइट हाउसले शुक्रबार भनेको छ,  ‘संयुक्त राज्य अमेरिकाले मार्चको सुरुमा रूसी अधिकारीहरूलाई मस्कोमा ‘ठूला सभाहरू’ लाई लक्षित गरी ‘योजनाबद्ध आतङ्कवादी हमला’ हुनसक्ने सूचना दिएको थियो ।’ 

राष्ट्रिय सुरक्षा परिषद्का प्रवक्ता एड्रिएन वाट्सनले वासिङ्टनले यो जानकारी रुसी अधिकारीसँग साझा गरेको बताएका छन् । सन् २००२ मा चेचेन पृथकतावादी लडाकुहरूले मस्कोको डुब्रोभ्का थिएटरमा आक्रमण गरी ९१२ जनालाई बन्धक बनाएका थिए ।

विशेष सुरक्षा बलले बन्धकलाई रिहा गर्ने क्रममा थिएटरमा आक्रमण गर्दा १३० जनाको मृत्यु भएको थियो भने र सबै आक्रमणकारी बन्दूकधारीहरूलाई आत्मसमर्पण गराउन सफल भएको थियो । 





  • प्रकाशित मिति : चैत १०, २०८० शनिबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया