फागुको रंग धुँदा सजिलै नजान सक्छ । दिनभर फागु खेलेर साँझ नुहाउँदा छालाको रंग नउत्रिएर चिन्तित हुनुहुन्छ भने यी ७ मध्ये कुनै एक उपाय अपनाउन सक्नुहुन्छ ।
१. बेसनको पिठोमा कागती र दूध मिलाएर पेस्ट बनाई छालामा लगाउनुस् । १५ देखि २० मिनेटपछि मनतातो पानीले पखाल्नुस् ।
२. काँक्रोको रस निकालेर त्यसमा थोरै गुलाफ–जल र एक चम्चा सुन्तला वा मौसमको रस मिसाउनुस् । यसलाई राम्रोसँग फिटेर पेस्ट बनाउनुस् र अनुहार वा रंग लागेको भाग सफा गर्नुस् । यसले अनुहारमा लागेको दाग, धब्बा सजिलै हटाउँछ ।
३. मुलाको अलिकति रस निकालेर त्यसमा दूध र बेसन वा मैदा मिलाई पेस्ट बनाउनुस् । यसलाई छालामा लगाएर केहीबेर छोडिदिनुस्, र पखाल्नुस् । यसले छाला सफा र चम्किलो बनाउँछ ।
४. यदि तपाईंको छालामा निकै गहिरो रंग लागेको छ भने दुई चम्चा जिंक अक्साइड र दुई चम्चा क्यस्टर आयल मिलाएर लेप बनाउनुस्, र छालामा लगाउनुुस् । स्पोन्जले हल्का रगडेर पखाल्नुस् । त्यसको २०–२५ मिनेटपछि साबुन लगाएर धुनुहोस् ।
५. जौको आटा र बदामको तेल मिलाएर छालामा लगाउनुस्, र पखाल्नुस् । यसले गाडिएको रंग उतार्न मद्दत गर्छ ।
६. दूधमा अलिकति काँचो मेवा पिँधेर मिसाउनुस् । यसमा अलिकति फुस्रो माटो वा बदामको तेल मिसाएर छालामा लगाउनुस्, र आधा घन्टापछि धुनुहोस् ।
७. सुन्तलाको बोक्रा, मुसुरोको दाल र बदामलाई पिँधेर दूधमा पेस्ट बनाउनुस् । यसलाई पूरै छालामा लगाएर मसाज गर्नुस्, र पानीले पखाल्नुस् । तपाईंको छाला सफा मात्र हुँदैन, त्यसमा चमक पनि थपिन्छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।