भाजपा छाडेर कंग्रेस प्रवेश गरे शत्रुघन सिन्हा

नयाँदिल्ली– भारतीय जनता पार्टीबाट दुईपटक लोकसभा सदस्य बनिसकेका बलिउड अभिनेता शत्रुघन सिन्हा भारतीय नेसनल कंग्रेसमा प्रवेश गरेका छन् । उनी शनिबार कंग्रेसमा प्रवेश गरेका हुन् । उनले कंग्रेस महासचिव केसी वेणुगोपालको उपस्थितिमा पार्टीको सदस्यता लिएका छन् ।

भाजपा परित्याग गरेसँगै सिन्हाले ट्विट गर्दै गह्रुंगो मनका साथ आफ्नो पुरानो पार्टी परित्याग गरेको बताएका छन् । ‘धेरै भारी मनका साथ मैले आफ्नो पुरानो पार्टी भाजपा छोड्ने निर्णय लिएको छु । मैले भाजपा छाड्नुको कारण सबैले जानेका छन्, लोकशाही, तानशाहीका आधारमा चल्दै गयो । अब म यी सबै चिज छाडेर आएको छु,’ सिन्हाले ट्विटमा लेखेका छन्, ‘मैले उनीहरूलाई माफी दिइसकेको छु। आशा छ, मेरो नयाँ पार्टीले नागरिक समाज र देशको सेवा गर्ने मौका दिनेछ।’

भाजपाले जसवन्त सिंह, अरुण शौरी, मुरलीमनोहर जोशी र यसवन्त सिन्हालगायत दिग्गज नेतालाई किनारा लगाउँदै लगेको सिन्हाको आरोप छ । उनले प्रधानमन्त्री मोदीमाथि नोटबन्दी, फजुल प्रचार खर्च, जिएसटीको विषयमा घोटाला गरेको आरोपसमेत लगाएका छन् ।

भारतीय सञ्चार माध्यमका अनुसार सिन्हालाई कंग्रेसले पटनाको साहिबबाट उम्मेदवार बनाउने तयारी गरेको छ । 
 





  • प्रकाशित मिति : चैत २३, २०७५ शनिबार १५:२०:२९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया