तयारी नपुगेपछि कांग्रेस केन्द्रीय समिति बैठक स्थगित

काठमाडौं– नेपाली काँग्रेसको केन्द्रीय कार्यसमिति बैठक स्थगित भएको छ । शनिबार १ बजेका बैठक बोलाइएको थियो तर दिउँसो ३ बजेसम्म पनि वैठक बस्न सकेको थिएन । अन्ततः बैठक नै स्थगित गरिएको छ ।

केन्द्रीय कार्य सम्पादन समिति गठन गर्नका लागि तयारी नपुगेपछि बैठक स्थगित गरिएको पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए । 

केन्द्रीय कार्यसम्पादन समिति र संसदीय बोर्ड गठन, केन्द्रीय विभागका संयोजक तोक्नेलगायत समसामयिक विषयमा छलफल गरिने कार्यतालिका थियो । 

बैठकमा हुने छलफलका एजेण्डाबारे सहमति जुटाउन शुक्रबार अपरान्ह सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा पदाधिकारी र पूर्वपदाधिकारीबीच छलफल भएको थियो । 

उक्त छलफलमा सभापति देउवाले पार्टीको कार्यसम्पादन समिति र संसदीय बोर्ड गठन, केन्द्रीय विभागका संयोजक तोक्ने विषयसहित पार्टीको देशव्यापी जनजागरण अभियान सञ्चालनबारे पनि नेताहरूसँग राय सुझाव मागेका थिए ।
 





  • प्रकाशित मिति : चैत २३, २०७५ शनिबार १५:५५:३२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया