१८८ सिटको बोइङमा एक्ला प्यासेन्जर !

एजेन्सी— लिथुआनियाका स्करमन्टास स्ट्रिमेटिसले इटाली जाने १८८ सिटको बोइङ ७३७–८०० विमानमा एक्लै यात्रा गरेको सेल्फी खिचेर अहिले विश्वको ध्यान आफूतिर तानिरहेका छन् । उनले आफ्नो यात्रा निकै सम्झना योग्य भएको बताएका छन् । उनले भिलनियसबाट बर्गामोको लागि उडान भरेका थिए । 

खासमा यो विमानलाई एउटा ग्रुपले इटालीबाट लिथुआनिया आउन चार्टर गरेको थियो । एयरलाइन्सले चाहिँ त्यो समूहलाई लिन जान किन खाली जानु भन्ने सोचेर टिकट बेच्यो । तर, त्यसरी एक तर्फी टिकट काट्ने एकजना मात्र भए, स्करमन्टास ।

स्करमन्टास विमानमा पुगेपछि उनी चकित भए । किनकि त्यहाँका सबै १८८ सिट नै खाली थिए । विमानका कर्मचारीबाहेक अरु कोही थिएनन् । आफू झुक्किएँ कि भनेर उनले त्यहाँका विमान कर्मचारीलाई सोधे पनि । तर, उनले जवाफ पाए– यो उडानमा तपाईं मात्र यात्री हो । 

उनले विमान सेरिजया विमानस्थलमा पुगेपछि पाइलटले आफूलाई मिस्टर प्यासेन्जर भनेर सम्बोधन गरेको पनि बताएका छन् । सिएनएनमा छापिएको समाचार अनुसार स्करमन्टासले त्यति ठूलो विमानमा एक्लै यात्रा गर्न पाउनु भाग्य भएको र शान्त यात्राले आफूलाई निकै रमाइलो लागेको बताएका छन् । 

त्यसो त यसअघि पनि बेलाबेलामा यसरी एक्ला यात्री बोकेर विमानहरुले उडान भरेका छन् । सन् २०१७ मा गलसगोबाट क्रेट गएको विमानमा एक मात्र यात्री थिए । त्यस्तै गत वर्ष पनि न्युयोर्कबाट वासिङटन डिसी गएको एक विमानमा एक्ला यात्री थिए ।





  • प्रकाशित मिति : चैत २३, २०७५ शनिबार २०:६:४४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया