९ माघ, २०८२ शुक्रबार
Jan. 23, 2026

इन्धनको मूल्य बढेसँगै अमेरिकी मुद्रास्फीति उच्च

इन्धनको मूल्यवृद्धिका कारण गत महिना मुद्रास्फीतिको मापन उच्च भएको अमेरिकी केन्द्रीय बैङ्कले शुक्रबार प्रकाशित तथ्याङ्कले देखाएको छ । तथ्याङ्कले मुद्रास्फीति अझै पनि फेडरल रिजर्भको दुई प्रतिशतको दीर्घकालीन लक्ष्यतर्फ अन्योलपूर्ण अवस्थामा रहेको देखाएको छ ।

उच्च स्तरको मुद्रास्फीतिको अङ्कले अमेरिकी राष्ट्रपति जो बाइडनको पुनः निर्वाचन अभियान टोलीमा चिन्ता सिर्जना गरेको छ । अमेरिकी सत्ताधारी दल डेमोक्र्याटिक पार्टीले अझै पनि अर्थतन्त्रप्रति शङ्का राख्ने उपभोक्ताहरूलाई विश्वस्त पार्ने प्रयास गर्दै अर्थव्यवस्था नोभेम्बरको मतदान अघि सही दिशामा जाँदैछ भन्ने देखाउने प्रयास गरिरहेको छ । 



व्यक्तिगत उपभोग खर्च (पीसीई) मूल्य सूचकाङ्क फेब्रुअरीमा वार्षिक २.५ प्रतिशतको दरले बढेको छ, जुन एक महिना अघिको तुलनामा ०.१ प्रतिशत विन्दुले वृद्धि भएको वाणिज्य मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । 

‘डाउ जोन्स न्युजवायर्स’ र ‘द वाल स्ट्रिट जर्नल’ ले अर्थशास्त्रीहरूको सर्वेक्षणमा गरेको औसत पूर्वानुमानसँग यो आँकडा मिल्दोजुल्दो देखिएको छ । गत महिना वस्तुको मूल्य ०.५ प्रतिशतले बढेको छ भने सेवाको लागत ०.३ प्रतिशतले बढेको छ ।



प्राकृतिक इन्धन (पेट्रोलियम पदार्थ) को कारोबार गर्ने देशहरूको साझा संस्था ओपेक प्लस गठबन्धनले जूनको अन्त्यसम्म दैनिक आपूर्ति कटौती विस्तार गर्ने हालैको निर्णयसहित धेरै कारकहरूको पछाडि सामानको लागतमा फेब्रुअरीको अधिकांश वृद्धि ऊर्जा मूल्यहरूबाट आएको हो । 

मासिक आधारमा हेर्दा व्यक्तिगत उपभोग खर्चमा भएको मूल्य वृद्धि जनवरीको तुलनामा फेब्रुअरीमा केही कम अर्थात् ०.३ प्रतिशतले वृद्धि देखिएको छ ।  



  • प्रकाशित मिति : १६ चैत, २०८० शुक्रबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

मल्टिमिडिया