मड्रिड– स्पेनिस ला लिगाअन्तर्गत शनिबारको खेलमा जिनेदिन जिदानको रियल मड्रिडले इबरलाई पराजित गरेको छ ।
घरेलु मैदानमा भएको खेलमा रियलले इबरलाई २–१ ले पन्छायो । रियलका लागि दुवै गोल करिम बेन्जिमाले गरे । इबरका तर्फबाट मार्क कार्डोनाले १ गोल गरे ।
सुरुवाती अग्रता इबरले लिएको थियो । खेलको ३९औँ मिनेटमा कार्डोनाले गोल गर्दै इबरलाई अग्रता दिलाएका थिए । पहिलो हाफमा थप गोल भएन ।
५९औँ मिनेटमा रियलका करिम बेन्जिमाले पहिलो गोल फर्काए । ८१औँ मिनेटमा उनले दोस्रो गोल गर्दै रियललाई जित दिलाए ।
जितसँगै, रियलले ३१ खेलबाट ६० अंक बनाएको छ । लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनाभन्दा रियल १३ अंकले पछि छ । इबरको भने ३१ खेलबाट ३९ अंक छ ।
जिनेदिन जिदानले क्लब छोडेपछि लगातार खराब प्रदर्शन गरिरहेको रियल उनले पुनः कोचिङ सम्हालेयता पुरानै लयमा फर्किएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।