एटलेटिकोलाई २–० ले पन्छाउँदै बार्सिलोनाले बनायो ११ अंकको अन्तर

मड्रिड– निकटतम प्रतिद्वन्द्वी एटलेटिको मड्रिडलाई २–० ले पन्छाउँदै बार्सिलोनाले स्पेनिस ला लिगामा ११ अंकको अग्रता लिएको छ । 

शनिबारको खेलमा बार्सिलोनाका लियोनल मेसी र लुइस सुआरेजले १–१ गोल गरे । पहिलो हाफमै डिएगो कोस्टालाई गुमाएको एटलेटिकोले कुनै गोल फर्काउन सकेन । 

एटलेटिकोका स्टार खेलाडी कोस्टा रेफ्रीलाई दुर्व्यवहार गरेकोमा खेलको २७औँ मिनेटमै रेड कार्ड खाएर बाहिरिएका थिए । 

त्यसपछिको खेलमा बार्सिलोनाले पूरै पकड जमायो । बार्साको लगातारको आक्रमणमा एटलेटिकोका जेन ओब्लाकले उत्कृष्ट बचाउ गरे, तर ‘गोल मेसिन’ मेसी र सुआरेजलाई खेलभर रोक्न भने सकेनन् । 

जितसँगै, खेलको शीर्षस्थानमा रहेको बार्सिलोनाले दोस्रो स्थानको एटलेटिकोसँग ११ अंकको अन्तर बनाएको छ । लिगमा बार्सिलोनाको ७३ अंक पुग्दा एटलेटिकोको ६२ अंक छ । तेस्रो स्थानको रियल मड्रिडको ६० अंक छ । 





  • प्रकाशित मिति : चैत २४, २०७५ आइतबार ८:२९:४२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया