राहुलले फेरि तोडे मर्यादा, भने– आडवाणीलाई लात हानेर स्टेजबाट उतारियो

नयाँदिल्ली– शुक्रबार भाजपा वरिष्ठ नेता लालकृष्ण आडवाणीमाथि अमर्यादित टिप्पणी गरेपछि कांग्रेस अध्यक्ष राहुल गान्धीको आलोचना भयो । विदेशमन्त्री सुष्मा स्वराजले त आइन्दा यस्तो नगर्न चेतावनी नै दिइन् । तर, राहुलमाथि त्यसको कुनै असर देखिएन । 

शनिबार हरिद्वारको सभामा राहुलले फेरि यस्तै टिप्पणी दोहोर्याए । ‘आडवाणीजीको हालत देख्नुभएको छ तपाईंले ?’ राहुलले भने, ‘आडवाणीलाई स्टेजबाट लात हानेर उतारिएको छ ।’

शुक्रबार महाराष्ट्रको सभामा राहुलले ‘मोदीले आफ्नो गुरुलाई जुत्ताले हानेर स्टेजबाट उतारिदिएको’ टिप्पणी गरेका थिए । 

हरिद्वारको ‘जनसभा’मा राहुल त्यत्तिमै रोकिएनन् । उनले अगाडि भने, ‘गुरु–शिष्यको सम्बन्ध सबैभन्दा महत्वपूर्ण हुन्छ । आडवाणीजी नरेन्द्र मोदीका गुरु हुन् । आडवाणीलाई स्टेजबाट लात मारेर उतारिएको छ र अझै नरेन्द्र मोदी हिन्दु धर्मको कुरा गर्छन् ।’



लालकृष्ण आडवाणीलाई टिकट नदिने भाजपाको निर्णयपछि आडवाणीले असन्तुष्टि देखएयता विपक्षी पार्टीहरु भाजपामाथि लगातार आक्रमण गरिरहेका छन् ।  
 



  • प्रकाशित मिति : चैत २४, २०७५ आइतबार ९:५८:४७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया