३० पुस, २०८२ बुधबार
Jan. 14, 2026

चर्च ब्वाईजलाई हराउँदै एपिएफ विराट गोल्डकपको सेमिफाइनलमा

विभागीय टोली सशस्त्र प्रहरी बल (एपिएफ) सहिद स्मारक ‘ए’ डिभिजन लिग विजेता चर्च ब्वाईजलाई हराउँदै आठौँ संस्करणको विराट गोल्डकपको सेमिफाइनलमा पुगेको छ ।

विराटनगरको सहिद मैदानमा सोमबार भएको तेस्रो क्वाटरफाइनलमा इटहरी गोल्डकपको विजेतासमेत रहेको चर्च ब्वाइजलाई २–० ले हराउँदै एपिएफ सेमिफाइनलमा प्रवेश गरेको हो । 



जितसँगै एपिएफ बुधबार फाइनल प्रवेशका लागि सेमिफाइनलमा घरेलु टोली साङ्‌ग्रिला मोरङ एफएसँग खेल्नेछ । क्वाटरफाइनलमा एपिएफको जितमा प्रदीप लामा र अनिस महर्जनले गोल गरे । खेलको पहिलो हाफसम्म दबाबमा राखेको एपिएफले दोस्रो हाफमा आक्रामक खेल पस्कियो ।

५७ औं मिनेटमा एपिएफका प्रदीपले मध्यभागबाट बललाई एक्लै अगाडि बढाएर डिबक्सभित्रबाट आकर्षक गोल गरे । उनले अन्तिम डिफेन्डरलाई बिट गर्दै बल क्लियर गरेका थिए ।



८१ औं मिनेटमा विदेश खेलाडी फोडे फोफोनाले निकालेको पासलाई एपिएफका अनिस महर्जनले गोल गर्दै टिमको जित सुनिश्चित गरे ।

योसँगै एपिएफले १० महिनापछि शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा हारेको बदलासमेत लिएको छ । सो खेलमा चर्च व्वाईजले  एपिएफलाई ४–१  गोलले हराएको थियो ।



  • प्रकाशित मिति : २० चैत, २०८० मंगलबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

मल्टिमिडिया