मन्त्री तामाङको दाबी : वायुसेवा निगममा देखिएको भ्रष्टाचार अन्त्य गर्न दृढ छु
फाइल तस्बिर

संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री हितबहादुर तामाङले नेपाल वायुसेवा निगम भित्रको आर्थिक अनियमितता, भ्रष्टाचार र पक्षपात अन्त्य गर्न मन्त्रालय दृढ रहेको बताएका छन् ।  

मंगलबार प्रतिनिधि सभा बैठकमा सांसदले सोधेका प्रश्नको जवाफ दिनेक्रममा उनले निगम सम्बन्धमा मन्त्रालयले चाल्ने हरेक कदम पारदर्शी र राष्ट्रिय हितमा केन्द्रित हुनेसमेत बताए ।

बैठकमा सांसद प्रेम सुवालले निगमको व्यवस्थापन करारबारे प्रश्न गरेका थिए । मन्त्री तामाङले निगम सार्वजनिक र नेपाली जनताको सरोकारको संस्था भएकाले त्यससम्बन्धी निर्णय गर्दा सरकारले व्यापक छलफल गरेर अघि बढ्ने बताए । 

उनले निगमको सारभूत परिवर्तनका लागि नागरिक उड्डयनको क्षेत्रमा प्रचलित असल अभ्यास प्रयोग गरेर अघि बढ्न सरकारले चाहेको बताए । मन्त्री तामाङले निगमका सम्बन्धमा लिने कुनै पनि निर्णय ढाकछोप गर्नुपर्ने कुनै कारण नरहेको स्पष्टीकरण पनि दिए ।    
 





  • प्रकाशित मिति : चैत २०, २०८० मंगलबार १४:०:३२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया