सवारी प्रदूषण नियन्त्रणमा सरकार गम्भीर छ : मन्त्री सुडी

वन तथा वातावरणमन्त्री नवलकिशोर साह सुडीले सवारीसाधनबाट उत्सर्जन हुने धुवाँको प्रदूषण मापनको नियमित व्यवस्था गरिएको बताएका छन् । 

प्रतिनिधिसभाको आजको बैठकको प्रश्नोत्तर समयमा जवाफ दिँदै मन्त्री सुडीले तोकिएको मापदण्डबमोजिम सवारीसाधन प्रयोगकर्ताले वार्षिक परीक्षण गराइ हरियो स्ट्रिकर लिनुपर्ने व्यवस्था गरिएको जनाए । 

सांसद प्रेम सुवालको प्रश्नको जवाफ दिँदै उनले सो क्रममा यातायात विभाग, प्रदेश सरकार र ट्राफिक प्रहरीसँग समन्वय गरेर काठमाडौं उपत्यकालगायतका शहरमा बढ्दो वायु प्रदूषण नियन्त्रण गर्न सकारले पूरा ध्यान दिएको स्पष्ट गरे । 

सांसद निशा डाँगीको जलवायु परिवर्तनको असरसम्बन्धी प्रश्नमा मन्त्री सुडीले जलवायु न्यूनीकरणका लागि नीतिगत प्रबन्ध गरी आवश्यक कार्यहरू गरिरहेको जानकारी दिइन् । 





  • प्रकाशित मिति : चैत २०, २०८० मंगलबार १४:२७:७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया