बागमतीका नवनियुक्त चार मन्त्रीले लिए शपथ

बागमती प्रदेश प्रमुख यादवचन्द्र शर्माले बागमती प्रदेशका नवनियुक्त मन्त्रीहरु क्रमशः केशवप्रसाद पोखरेल, रामेश्वर श्रेष्ठ, एकालाल श्रेष्ठ र प्रकाश श्रेष्ठलाई आज पद तथा गोपनीयताको शपथ ग्रहण गराएका छन् । 

मुख्यमन्त्री जम्कट्टेलले मौजुदा मन्त्रिपरिषद्मा हेरफेर गरी चारजना मन्त्री समावेश गरेका थिए । मुख्यमन्त्रीको सिफारिसअनुसार प्रदेश प्रमुख शर्माले बागमती प्रदेशसभा सदस्य केशवप्रसाद पोखरेललाई वन तथा वातावरण मन्त्रालय, रामेश्वर श्रेष्ठलाई स्वास्थ्य मन्त्रालय, एकालाल श्रेष्ठलाई खानेपानी, सिँचाइ तथा उर्जा र प्रकाश श्रेष्ठलाई उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्रालयको जिम्मेवारी तोकिएको छ ।

यसैबीच प्रदेश प्रमुख शर्माले नेकपा एकीकृत समाजवादीका तर्फबाट रमा आले मगरलाई विना विभागीय मन्त्रीमा शपथ ग्रहण गराएका छन् ।





  • प्रकाशित मिति : चैत २०, २०८० मंगलबार १८:२९:३८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया