भारत टुरमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टिमले लगातार दोस्रो जितहासिल गरेको छ । नेपालले मंगलबार बरोडा क्रिकेट एसोसिएसनको टिमलाई २७ रनले पराजित गर्दै लगातार दोस्रो जित निकाल्न सफल भएको हो ।
नेपालले दिएको एक ५७ रनको लक्ष्य पछाएको बरोडा २० ओभरमा अल आउट हुँदै एक सय २९ रन मात्र बनाउन सक्यो । यसअघि टस हारेर पहिला ब्याटिङ गरेको नेपालले २० ओभरमा ६ विकेट गुमाउँदै १५६ रन बनाएको थियो ।
नेपालका लागि कुशल भुर्तेल र आसिफ सेखले ९–९ रन बनाएभने कप्तान रोहित पौडेलले १८, अनिल शाहले २५, गुलशन झाले १३, सन्दीप जोराले २८ रन बनाएका थिए । त्यस्तै कुशल मल्लले अविजित ४० तथा दीपेन्द्र सिंह ऐरीले ५ रन बनाएका थिए ।
बरोडाका बलर बाबाखानले २ विकेट तथा परीक्षित पाटिदार र मोहित मोंगियाले एक–एक विकेट लिएका थिए ।
नेपालको यो लगातार दोस्रो जित हो । यसअघि नेपालले गुजरात क्रिकेट एसोसिएसनलाई पराजित गरेको थियो ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।