काठमाडौँ– नेपाली काँग्रेसका शीर्ष नेताहरू कार्यसम्पादन समिति गठनका लागि सहमति जुटाउन छलफलमा जुटेका छन् । पार्टी सभापति शेरबहादुर देउवा निवास बुढानिलकण्ठमा अनौपचारिक छलफलमा रहेका छन ।
गत शुक्रबार कार्यसम्पादन समिति गठनका लागि देउवा निवासमा छलफल भएपनि सहमति जुट्न भने सकेको थिएन ।
कांग्रेसमा केन्द्रीय समितिपछि शक्तिशाली मानिने कार्यसम्पादन समितिमा नेताहरूबीच भागबण्डा नमिलेपछि सभापति देउवाले शीर्ष नेताहरुलाई अनौपचारिक छलफलका लागि बोलाएको कांग्रेसका एक केन्द्रीय सदस्यले जानकारी दिए ।
कार्यसम्पादन समिति २९ सदस्यीय हुनेछ । बरिष्ठ नेता रामचन्द्र पौडेलले ४० प्रतिशत सदस्य संख्या आफूले पाउनुपर्ने माग गरेका छन् । नेता कृष्णप्रसाद सिटौलाले पनि आफ्नो गुटको प्रतिधित्व समितिमा हुनुपर्ने अडानमा भएको स्रोतले जानकारी दियो ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।