काठमाडौं– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बोलाएको बैठक नेता कृष्ण सिटौलाले बहिस्कार गरेका छन् । देउवाले कार्यसम्पादन समिति र केन्द्रीय विभाग गठनबारे छलफलका लागि बैठक बोलाएका थिए ।
सिटौलाको अनुपस्थितिमै सभापति देउवाले शीर्ष नेताहरुसँग परामर्श गरेका छन् । यसअघि नेता सिटौला र बरिष्ठ नेता रामचन्द्र पौडेलले केन्द्रीय समिति बैठक पनि बहिस्कार गरेका थिए ।
देउवा निवासबाट बैठकका लागि खबर आए पनि सिटौलाले आफू सो बैठकमा नजाने खबर पठाएका थिए । कार्यसम्पादन समितिमा देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले ६०–४० को भागबन्डा गरेका कारण सिटौला असन्तुष्ट देखिएको स्रोतले दाबी गरेको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।