नेकपा (माओवादी केन्द्र) की सांसद नारायणी शर्माले विद्यालयहरूमा कार्यरत राहत, अनुदान र करारका शिक्षकहरू आन्तरिक प्रतिस्पर्धामा उत्तीर्ण हुन नसके आकर्षक आर्थिक प्याकेज दिई बिदाइ गर्नुपर्ने बताएकी छन् ।
आइतबार सिंहदरबारमा बसेको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा बोल्दै उनले यस्तो बताएकी हुन् । उनले सम्पूर्ण विद्यालयहरूमा कार्यरत राहत शिक्षक, उच्च मावि अनुदान, करार, विशेष शिक्षक, शहीद स्मृति विद्यालयका शिक्षक, प्राविधिक धार शिक्षण सिकाई अनुदान, शिक्षाको हकमा सबैलाई एक पटकका लागि आन्तरिक प्रतिस्पर्धाका माध्यमबाट परीक्षा लिई सफल हुने सबैलाई स्थायी गर्न आवश्यक रहेको बताइन् ।
उनले भनिन्, ‘सम्पूर्ण विद्यालयहरूमा कार्यरत राहत शिक्षक, उच्च मावि अनुदान, करार, विशेष शिक्षक, शहीद स्मृति विद्यालयका शिक्षक, प्राविधिक धार शिक्षण सिकाई अनुदान, शिक्षाको हकमा सबैलाई एक पटकका लागि आन्तरिक प्रतिस्पर्धाका माध्यमबाट परीक्षा लिई सफल हुने सबैलाई स्थायी गर्ने र असफल हुनेलाई आकर्षक आर्थिक प्याकेज दिई ससम्मान बिदाइ गर्ने । पहिला एकै पटक हटाउने भन्ने पनि थियो । यस्तो नगरेर एक चोटि उनीहरूलाई मौका दिनुपर्छ ।’
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।