लुम्बिनी प्रदेशमा मुख्यमन्त्री नियुक्त भएका जोखबहादुर महराले तीन जना मन्त्री नियुक्त गरेका छन् । मुख्यमन्त्री महराले एमालेबाट चेतनारायण आचार्य, जसपाबाट भण्डारीलाल अहिर र माओवादीबाट दिपेन्द्र पुनलाई विनाविभागीय मन्त्री नियुक्त गरेका हुन् ।
केन्द्रीय राजनीतिमा आएको फेरबदलका कारण तत्कालीन मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले राजीनामा दिएपछि चैत २३ गते पाँच राजनीतिक दलका ४७ र एक स्वतन्त्र गरी ४८ सांसदको समर्थनमा महरा मुख्यमन्त्री बनेका हुन् ।
नेकपा माओवादी केन्द्र प्रदेशसभा दलका नेता उनलाई मुख्यमन्त्री बनाउन नेकपा एमाले, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र स्वतन्त्र सांसद खड्ग बस्नेतले समर्थन गरेका हुन् । मुख्यमन्त्री महरासहित मन्त्रीहरूले आजै शपथग्रहण गर्दै छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।