२६ माघ, २०८२ साेमबार
Feb. 9, 2026

अधिकारीले लिए मुख्यमन्त्रीका रूपमा पद तथा गोपनीयताको शपथ, एक महिनामै ढल्न सक्छ सरकार

गण्डकी प्रदेशमा एमालेका नेता खगराज अधिकारीले मुख्यमन्त्रीका रूपमा पद तथा गोपनीयताको शपथ लिएका छन् । गण्डकीका प्रदेश प्रमुख डिल्लीराज भट्टले आइतबार पोखरामा एक कार्यक्रमबीच अधिकारीलाई पद तथा गोपनीयताको शपथ गराएका हुन् ।

कूल ६० सदस्यीय प्रदेशसभामा मुख्यमन्त्री बन्न ३१ बहुमत सदस्यको समर्थन चाहिन्छ । उनलाई एमालेका २२, माओवादी केन्द्रका ८ (सभामुखसहित) र स्वतन्त्र सांसद दीपक मनाङे गरी ३१ प्रदेशसभा सदस्यकाे समर्थन छ ।



तर, सभामुखको समेत नाम राखेर मुख्यमन्त्रीमा दाबी पेस गरेपछि उनको पद सुरक्षित नरहने देखिएकाे छ । नेपाली कांग्रेसले भने सभामुखसहितको हस्ताक्षरमा बहुमत जुटाइएको भन्दै मुख्यमन्त्री नियुक्ति प्रक्रियाविरुद्ध अदालत जाने तयारी गरेको छ ।

यसअघि काेशी प्रदेशमा कांग्रेसका उद्धव थापाले मुख्यमन्त्रीका लागि सभामुखसहितकाे समर्थन लिएका कारण उनकाे पद खारेज भएकाे थियाे । अदालतकाे नजिर नै भएकाले अधिकारीकाे पद सुरक्षित छैन ।



यद्यपि, मुख्यमन्त्री अधिकारीले आइतबार नै सानो आकारको मन्त्रिमण्डल बनाउने तयारी गरेका छन् । एक महिनाभित्र उनले विश्वासकाे मत लिनुपर्नेछ । 



  • प्रकाशित मिति : २५ चैत, २०८० आइतबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

मल्टिमिडिया