इरानी सेनालाई अमेरिकाले आतंकवादी घोषणा गर्यो

एजेन्सी— अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको रिभोलुसनरी गार्ड कप्र्स (आइआरजिसी)लाई विदेशी आतंकवादी संगठन घोषणा गरेका छन् । अमेरिकाले विदेशी सेनालाई आतंकवादी संगठन घोषणा गरेको यो पहिलो पटक हो । 

अमेरिकी ह्वाइट हाउसले आइआरजिसीलाई अपव्याख्या गर्दै यसलाई विश्वभर आतंकवादी अभियान चलाउने संगठनको पनि संज्ञा दिएको छ । ट्रम्पले जब इरानसँग अन्तर्राष्ट्रिय परमाणु सम्झौतालाई रद्द गरिदिए, तब यी दुई देशबचि तनाव बढिरहेको छ ।

अमेरिकाले आइआरजिसी र योसँग जोडिएका संस्थाहरुले विश्वमा मानवअधिकार उल्लंघन गर्न सहयोग गरेको जनाएको छ । राष्ट्रपति ट्रम्पले सोमबार जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘विदेश मन्त्रालयको यो अत्यन्त ठूलो निर्णय हो, इरान केवल आतंकवादलाई प्रश्रय दिइरहेको छ । आइआरजिसी यसमा सक्रिय रुपमा लागिपरेको छ ।’ 

ट्रम्पले इरानमाथि यसले दबाब सिर्जना हुने र कसैले पनि आइआरजिसीसँग सम्बन्ध राखे आतंकवादको समर्थन गरेको हुने पनि बताएका छन् । यसलाई प्रभावमा ल्याउन थप एक साता लाग्ने अमेरिकी विदेशमन्त्री माइक पम्पियोले बताएका छन् । 





  • प्रकाशित मिति : चैत २५, २०७५ साेमबार २२:५९:११

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया