दिल्ली– भारतमा चुनावलाई मध्यनजर गर्दै हरेक दिन फेसबुकले १० लाख एकाउन्ट डिलिट गरिरहेको छ ।
फेसबुक इन्डियाका म्यानेजिङ डाइरेक्टर अजित मोहनका अनुसार आर्टिफिशियल इन्टेलिजेन्स र मेशिन लर्निङको सहयोगबाट फेक न्युज र आपत्तिजनक कन्टेन्ट सेयर गर्ने एकाउन्ट बन्द गरिएको हो ।
चुनावलाई लक्षित गरी फेसबुकले १८ महिना अगाडिदेखि फेसबुकका पोस्टहरुको निरीक्षण गर्न सुरु गरेको हो । केही दिन अगाडि राजनीतिक विज्ञापनको पारदर्शिताका लागि फेसबुकले पोलिटिकल एड ट्रान्सपरेन्सी टुलको सुरुवातसमेत गरेको छ ।
यी दिनहरुमा फेसबुकले फेक न्युजका कारण कांग्रेसको आइटी सेलसँग सम्बन्धित ६८७ पेज र एकाउन्ट डिलिट गरेको थियो । योबाहेक प्रधानमन्त्री नरेन्द्र मोदीको नमो ऐपसँग जोडिएको कम्पनी सिल्भर टचको १५ वटा पेज हटाएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।