काठमाडाैं– महिलाको ड्राइभिङ क्षमता पुरुषको भन्दा कम हुने अनुमान गरिन्छ । यसलाई लिएर जोक्ससमेत बनाइन्छ । तर हालै गरेको एक अध्ययनले अनुवांशिक रुपमा ड्राइभिङ क्षमता पुरुषमा भन्दा महिलामा बढी हुने देखिएको छ ।
यस अध्ययनका अनुसार अटो–स्पोर्टको संसारमा महिला ड्राइभर आफ्ना पुरुष साथीको तुलनामा राम्रोसँग ड्राइभिंग गर्न सक्छन् । महिलाहरु ड्राइभिंगको समयमा आउने खराब परिस्थितिलाई पुरुषले भन्दा सहज तरिकाले सामना गर्न सक्छन् । विषम परिस्थितिमा पुरुषभन्दा महिला धेरै स्थिर रहन्छन् ।
मिसिगन स्टेट युनिभर्सिटीका अनुसन्धानकर्ताले तीन पुरुष र तीन महिलाको अध्ययन गरेका थिए । यसमा उनीहरुले लिंगका आधारमा केही भिन्नता रहने बताएपनि ड्राइभिंगमा शारीरिक क्षमता भने बराबर हुने उल्लेख गरेका छन् ।
अध्ययनकर्ताले महिला तथा पुरुष दुवैको हृदय एवं श्वास गति, शरीर, छालाको तापक्रम, तनाव आदिको अध्ययन गरी विश्लेषण गरेका थिए । तर महिनावारीको समयमा महिलाको शारीरिक तापक्रम बढी हुन्छ ।
अध्ययनकर्ता डेविड फग्युसनले महिलामा खतरासँग सुरक्षित रुपमा लड्ने क्षमता अधिक हुने बताए ।
यस्तै मोटरस्पोर्ट कमिशनकी एफआइए वुमनको सदस्य कारमेन जार्डाले महिला ड्राइभर्सलाई फिजिकल रेसिंग अवसरका लागि कम प्रोत्साहित गर्ने विषयमा आलोजना गरेकी थिइन्।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।