नक्सलाइट हमलामा भाजपाका विधायक सहित पाँचकाे मृत्यु
फरकधार / २६ चैत, २०७५
यो सामग्री सेयर गर्नुहोस्

एजेन्सी– भारतकाे छत्तिसगण दंतेवाडा जिल्लामा नक्सलाइटले गरेकाे आक्रमणमा भारतीय जनता पार्टी (भाजपा)का एक विधायकसहित पाँचकाे मृत्यु भएकाे छ । 



छत्तिसगढका प्रहरी अधिकारीकाअनुसार याे आक्रमणमा भाजपाका विधायक भीमा मंडावी, उनका सवारी चालक तथा तीन सुरक्षाकर्मीकाे मृत्यु भएकाे हाे । 



प्रहरीका अनुसार बुलेटप्रुफ गाडी विस्फाेटमा परि ध्वस्त भएकाे छ । पाँचै जनाकाे मृत्यु घटनास्थलमा नै भएकाे प्रहरीले जनाएकाे छ । प्रहरीले ५० किलाे विस्फाेटक पदार्थ प्रयाेग भएकाे हुनसक्ने अनुमान गरेकाे छ । 



दन्तेवाडामा ११ अप्रिलमा निर्वाचन हुँदैछ । 







  • प्रकाशित मिति : चैत २६, २०७५ मंगलबार २०:३२:४२,  

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया