logo-img

‘रावायण’का लागि एक्सन सिक्दै पल शाह

फिल्ममा ‘लभर ब्वाई’को पहिचान बनाएका अभिनेता पल शाह यतिबेला नयाँ फिल्म ‘रावायण’का लागि धमाधम एक्सन सिकिरहेका छन् । निर्देशक सुदर्शन थापाको निर्देशन रहने फिल्मका लागि पल एक साता यता एक्सन निर्देशक श्री श्रेष्ठसँग एक्सन सिक्वेन्स सिकिरहेका हुन् ।

पलले आफ्नो ‘लभर ब्वाई’को छविलाई फेर्न एक्सन सिकिरहेको बताए । ‘मलाई अहिलेसम्म दर्शकले प्रेमकथामा फिल्ममा धेरै देख्नुभयो । अब म त्यो छवि फेर्न चाहन्छु’, उनले भने । पल फिल्म ‘पुजार सार्की’मा ‘लभर ब्वाई’ भन्दा फरक चरित्रमा देखिँदैछन् । तर यसमा उनको भूमिका पूर्ण एक्सनमूलक नरहेको निर्माण युनिटले जनाएको छ ।

२०८१ भाद्र २१ गते तिजलाई रिलिज मिति तोकेको फिल्म ‘रावायण’ वैशाखबाट छायांकनमा जाँदै छ । सुदर्शन थापा प्रोडक्शन र पूजा शर्मा प्रोडक्शनको संयुक्त व्यानरमा बन्ने फिल्ममा सुदर्शन थापा र पूजा शर्माको संयुक्त लगानी छ । फिल्ममा पलसँगै पूजा शर्मा, प्रियंका कार्की, प्रमोद अग्रहरी, निकीता चण्डक, प्रकाश शाह, कैलाश रावल, अर्जुनजंग शाही, शर्मिला मल्ल, प्रदीप ढकाललगायतका कलाकारहरूको अभिनय रहने छ ।

फिल्ममा शिवम अधिकारीको लेखन, सौरभ लामाको छायांकन, रामजी लामिछाने, बिक्रम स्वारको कोरियोग्राफी रहने छ । 







  • प्रकाशित मिति : चैत ३०, २०८० शुक्रबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया