logo-img

साउदी अरेबियाले दियो हङकङलाई २०३ रनको लक्ष्य, अब्दुलको उत्कृष्ट पारी

ओमानमा जारी एसिसी प्रिमियर कप टी–२० प्रतियोगिताअन्तर्गत समूह ‘ए’ को खेलमा साउदी अरेबियाले हङकङलाई २ सय ३ रनको लक्ष्य दिएको छ । ओमान क्रिकेट एकेडेमीको मैदानमा टस जितेर ब्याटिङ रोजेको साउदी अरेबियाले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर २ सय २ रन बनायो । 

उसका लागि ओपनिङ ब्याटर अब्दुल वाहिदले उत्कृष्ट पारी खेले । ५१ बलको सामना गरेका उनले १० चौका र एक छक्कासहित सर्वाधिक ७७ रन बनाए । यस्तै, मनन अलीले ३० र कप्तान हसिम शेखले २२ रन जोडे । हङकङका लागि एहसान खानले उत्कृष्ट बलिङ गरे । उनले चार ओभरमा ३१ रन दिएर सर्वाधिक तीन विकेट लिए । 

जारी प्रतियोगितामा हङकङ दोस्रो जितको खोजीमा छ । उसले पहिलो खेलमा कतारलाई २६ रनले हराएको थियो । साउदी अरेबिया भने प्रतियोगितामा पहिलो जितको खोजीमा छ । नेपालले प्रतियोगिताअन्तर्गत आफ्नो तेस्रो खेलमा सोमबार हङकङसँग खेल्ने तालिका छ छ । 
 





  • प्रकाशित मिति : वैशाख २, २०८१ आइतबार १७:५६:२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया