तौल घटाउने र मधुमेह रोकथामको नाममा नक्कली औषधि बिक्री गर्ने २ सय ५० भन्दा बढी वेबसाइटलाई प्रतिबन्ध लगाइएको छ । साइबर सेक्युरिटी फर्म ब्रेडशिल्डले उनीहरूलाई कारबाही गरेको हो ।
सो कम्पनीका प्रमुख कार्यकारी अधिकृत योन केरेनले सामाजिक सञ्जाल प्लेटफर्म र बजारसँग सम्बन्धित ६ हजार ९ सयभन्दा बढी अवैध औषधि हटाइएको बताए । जसमा भारतमा ९९२, इन्डोनेसियामा ५४४, चीनमा ३६४ र ब्राजिलमा ११४ औषधि छन् ।
ओजेम्पिक र जीएलपी–१ को अन्य नक्कली संस्करणसँग जोडिएको घातक प्रभाव बेल्जियम, स्विट्जरल्यान्ड, बेलायत र संयुक्त राज्य अमेरिकासहित कम्तीमा ९ देशहरूमा रिपोर्ट गरिएको छ, जहाँ कम्पनीले मोटोपना कम गर्ने दाबी गर्छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।