अमेरिकाको सानफ्रान्सिस्को सहरमा ‘नेपाल डे परेड २०२४’ को आयोजना गरिएको छ ।
गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद्, अमेरिका, क्यालिफोर्निया राज्य च्याप्टर, वेस्ट रिजन कमिटी, नेपाल आदिवासी जनजाति महासंघ, क्यालिफोर्नियालगायत क्यालिफोर्नियाका सक्रिय संघसंस्थाको संयुक्त आयोजनामा नेपाल डे परेडको आयोजना गरिएको हो ।
परेडमा नेपाली कला संस्कृति झल्कने झाँकी, खेलकुद प्रतियोगिता, नृत्यसहितका आकर्षक कार्यक्रमको आयोजना गरिएको र परेडले नेपालको पर्यटन प्रवर्द्धनमा सहयोग पुर्याएको एनआरएनए अभियन्ता दीक्षा बस्नेतले जानकारी दिइन् । सानफ्रान्सिस्को सहरमा यसअघि पनि नेपाल डे परेड आयोजना गरिएको थियो ।
परेडमा क्यालिफोर्नियाको संघसंस्था आफ्नो ब्यानरसहित उपस्थित थिए । नेपाली पोसाक र नेपाली झण्डामा उपस्थित धेरै नेपालीले नेपालको पर्यटन प्रवर्द्धन हुनेगरी सामग्री प्रदर्शन गरेका थिए ।
परेडले नेपाली समुदाय र क्यालिफोर्निया राज्य सरकारसँगको सम्बन्धमा थप घनिष्ठता बढेको आयोजकको दाबी छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।