ट्विटर सिइओको सालभरको तलब १५५ रुपैयाँ, फेसबुक सिइओको कति ?

वासिंगटन– ट्विटरका सिइओ ज्याक डोर्सीले गएको वर्षभरिमा जम्माजम्मी १.४ डलर तलब बुझे । जुन आजको विनिमय दरअनुसार १५५ रुपैयाँ ४८ पैसाबराबर हो । यो नै उनको पहिलो तलब हो । 

सन् २०१५ मा ट्विटर सिइओको पद सम्हाल्दा डोर्सीले तीन वर्षसम्म कुनै तलबभत्ता नलिने घोषणा गरेका थिए । 

सन् २०१८ मा आएर उनले सांकेतिक तलबका रुपमा १.४ डलरबाहेक अन्य कुनै सुविधा लिन मानेनन् । ट्विटरले सोमबार आफ्नो रेगुलेटरी फइलिङमा यो जानकारी दिएको हो । 

ट्विटरको शब्दसीमाको संकेत हो डोर्सीको तलब

को–फाउन्डर सिइओ डोर्सीको तलबले ट्विटरको पछिल्लो १४० शब्दको सीमालाई संकेत गर्दछ । २०१७ मा यसलाई बढाएर २८० शब्द बनाइएको थियो ।

डोर्सीको असली कमाइ ट्विटर र मोबाइल पेमेन्ट कम्पनी स्क्वायरमा उनको सेयरबाट हुन्छ । ब्लुमबर्ग बिलेनियर इन्डेक्सका अनुसार डोर्सीको सम्पत्ति ५ अर्ब ५० करोड डलर (६ खर्ब १० अर्ब रुपैयाँ) छ ।



फेसबुक, अल्फाबेटका सिइओका तलब १ डलर

सांकेतिक तलब लिने सिइओमा डोर्सी एक्ला भने होइनन् । फेसबुकका सिइओ मार्क जुकरबर्ग लामो समयदेखि वर्षमा १ डलर तलब लिएर काम गरिरहेका छन् । आल्फाबेटका सिइओ ल्यारी पेज पनि वार्षिक १ डलर मात्रै लिन्छन् । 
 



  • प्रकाशित मिति : चैत २७, २०७५ बुधबार १५:११:४९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया