बुधबार सेयर बजारमा सामान्य सुधार

काठमाडौं– सेयर बजारमा बुधबार सामान्य सुधार देखिएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोबारमापक नेप्से परिसूचक ३.५२ विन्दुले बढेर एक हजार १८४.६१ विन्दुमा पुगेको छ । यस्तै, ठूला कम्पनीको सेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ०.७३ विन्दुले बढेर २५३.५८ विन्दुमा पुगेको छ ।

कुल १६९ कम्पनीका १६ लाख १२ हजार ३९६ कित्ता सेयर ४१ करोड चार लाख ९४ हजार ६ सय ३२ मा खरिद–बिक्री भए । कारोबार भएका १० उपसमूहमध्ये जलविद्युत् उपसमूको सेयर भने घटेको छ । जलविद्युत् उपसमूहको सेयेर ५.४३ विन्दुले घटेको हो । 

त्यस्तै, बैंकिङ २.९६, होटल ०.२२, विकास बैंङ्क ३.१४, वित्त ३.१७, निर्जीवन बिमा २४.२३, उत्पादन ३.०८, अन्य ६.७३, लघुवित्त २.३६ र जीवन बिमा १२.५९ विन्दुले बढेको छ । स्टकका अनुसार नेपाल कम्युनिटी विकास बैंकका सेयरधनीले ५.०७ प्रतिशतले कमाएका छन् ।

त्यस्तै, फस्र्ट माइक्रो फाइनान्स लघुवित्त वित्तीय संस्था ३.४७, रिलायन्स फाइनान्स ३.३६, एनएमबी माइक्रोफाइनान्स वित्तीय संस्था ३.१३ र पञ्चकन्या माई हाइड्रोपावरका सेयरधनीले २.७५ प्रतिशतले कमाएका छन् । 

त्यसैगरी, उन्नति माइक्रोफाइनान्स वित्तीय संस्थाका सेयरधनीले ५.५५ प्रतिशतले गुमाए भने घलेम्दी हाइड्रो पावर ४.७०, सिन्धु विकास बैंक ३.७०, तारागाउँ रिजेन्सी होटल ३.३६ र माहुली सामुदायिक लघुवित्त वित्तीय संस्थाका सेयरधनीले ३.०४ प्रतिशतले गुमाए । 





  • प्रकाशित मिति : चैत २७, २०७५ बुधबार १७:३९:२२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया