इन्धन नै नभरी त्रिभुवन विमानस्थलबाट जेट एयरवेजको विमानले उडान सुरु गरेपछि ...

काठमाडौं– काठमाडौंबाट दिल्लीका लागि उडान भर्न रनवेमा दौडिसकेको जेट एयरवेजको विमान ठूलो दुर्घटना हुनबाट जोगिएको छ । त्रिभुवन विमानस्थलबाट टेक अफ गर्न तयार भइसकेको विमानमा तेल नै नभरिएको थाहा भएको थियो । विमानमा तेल नै नभएको थाहा पाएपछि विमानका पाइलटले आकस्मिक युटर्न गरेर विमानलाई मोडेका थिए । अनि तेल हालेर विमानको उडान भरियो । 

विमानमा १ सय ३८ जना यात्री र चालक दलका सदस्य सवार थिए । बुधबार दिउँसो ३ बजेर ५० मिनेट जाँदा दिल्ली उडान गर्ने यो विमानमा तेल नभएको पाइलटले थाहा पाएर पार्किङमा फर्काएका थिए । तेल भरेपछि विमान ५ बजेर २९ मिनेटमा उडान गरियो । विमानस्थलका प्रवक्ता प्रतापबाबु तिवारीले दिएको जानकारी अनुसार जेट एयरवेजको यो विमान पाइलट मनोज अरोडाले उडाएका थिए । 

पछिल्लो समय जेट एयरवेजका पाइलट तथा अन्य कर्मचारी चार महिनादेखि तलब नपाएको भन्दै आन्दोलनमा छन् । एक हजारभन्दा धेरै पाइलटले जेट एयरवेजका विमान उडाउन छाडेका छन् ।





  • प्रकाशित मिति : चैत २७, २०७५ बुधबार १८:५६:३८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया