Mon, 22 Apr, 2019


ब्ल्याकहाेलकाे पहिलाे तस्वीर सार्वजनिक
फरकधार / चैत २७, २०७५

एजेन्सी— वैज्ञानिकहरुले ब्ल्याकहाेलकाे पहिलाे तस्वीर लिएर सार्वजनिक गरेका छन् । हाम्राे साैर्यमन्डलभन्दा निकै टाढा रहेकाे तारापुञ्जमा अवस्थित ब्ल्याक हाेलकाे याे तस्वीर नै पहिलाे तस्वीर हाे । 

यसकाे लम्बाइ एक कुनाबाट अर्काेमा ४० खर्ब किलाेमिटर रहेकाे छ । याे पृथ्वीकाे आकारभन्दा तीस लाख गुणा ठूलाे हाे । र, यसलाई वैज्ञानिकहरुले माेनस्टर नाम दिएका छन् । 

यसलाई खिच्न आठ दुर्बिनकाे नेटवर्क प्रयाेग गरिएकाे थियाे । हाम्राे साैर्यमन्डलभन्दा यसकाे आकार अत्यन्त धेरै ठूलाे भएकाे वैज्ञानिकहरुले बताएका छन् ।



यो पनि नछुटाउनुहोस्