२८ कात्तिक, २०८२ शुक्रबार
Nov. 14, 2025

युक्रेन वास्तविक सहयोगी हो भनेर नाटोले व्यवहार गर्नुपर्छ : राष्ट्रपति जेलेन्स्की

युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले आफ्नो सङ्घर्षरत सेनालाई सहयोग गर्न हतियार आपूर्तिमा तीव्रता दिएर उत्तर एटलान्टिक सन्धि सङ्गठन (नाटो) ले युक्रेनको साँच्चिकै सहयोगी हो कि होइन भन्ने छनोट गर्नुपर्ने बताएका छन् । 


नेटोका रक्षामन्त्रीहरूसँगको भिडियो कन्फरेन्समा जेलेन्स्कीले भने, ‘हाम्रो आकाश फेरि सुरक्षित हुनुपर्छ । यो पूर्णरूपमा तपाईंको छनोटमा निर्भर गर्दछ । जीवन वास्तवमा सबै ठाउँमा समान मूल्यवान छ कि छैन छनौट गर्नुहोस् । तपाईंसँग सबै साझेदारको समान मनोवृत्ति छ कि छैन छनौट गर्नुहोस् । हामी वास्तवमै सहयोगी हौं कि होइनौं भन्ने निर्णय गर्नुहोस् ।’  



जेलेन्स्कीले जमिन र हावाबाट रुसी आक्रमण रोक्न सक्ने आफ्नो सेनाको क्षमताको निराशाजनक तस्बिर प्रस्तुत गर्दै युक्रेनले पश्चिमी सहयोगबिना आफ्नो प्रतिरक्षा गर्न नसक्ने बताए । 

‘यो स्पष्ट छ रुससँग हवाई आक्रमणका लागि शक्ति छ । यसको आक्रमण अब ड्रोन र रकेटमा निर्भर हुन सक्छ, दुर्भाग्यवश, जमिनमा हाम्रो क्षमता सीमित छ,’ उनले भने ।



जेलेन्स्कीले अमेरिकी तल्लो सदन ‘हाउस अफ रिप्रेजेन्टेटिभ्स’मा ६१ अर्ब अमेरिकी डलरको सैन्य सहायता प्याकेजलाई खोलिदिने वा नखोलिदिने भन्ने विषयमा शनिबार भएको मतदानलाई ‘अत्यन्त महत्वपूर्ण निर्णय’ भएको बताए । 

रिपब्लिकन पार्टीमा देखिएको राजनीतिक विवादका कारण गत वर्षदेखि नै सहायता वितरणमा ढिलाइ भइरहेको छ । रुसी हवाई आक्रमणका कारण दर्जनौँको मृत्यु हुनुका साथै घाइते भएपछि युक्रेनी नेताले युक्रेनी शहरहरूको सुरक्षा गर्न र जीवन बचाउन किएभलाई थप हवाई प्रतिरक्षा प्रणालीको आवश्यकता रहेको बताए ।  



  • प्रकाशित मिति : ७ वैशाख, २०८१ शुक्रबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

मल्टिमिडिया