Mon, 30 Mar, 2020


च्याम्पियन्स लिगमा रोनाल्डोको १२५औँ गोल, युभेन्टसले एज्याक्ससँग खेल्यो बराबरी
फरकधार / चैत २८, २०७५

एम्स्टर्डम– क्रिस्चियानो रोनाल्डोले च्याम्पियन्स लिगमा सर्वाधिक १२५ गोल गरेका छन् । यो दोस्रो स्थानका लियोनल मेसीको भन्दा १७ गोल बढी हो भने तेस्रो स्थानका राउल गोन्जालेजको भन्दा ५४ गोल बढी हो । 



पाँचपटक च्याम्पियन्स लिग जितिसकेका रोनाल्डोले बिहीबार भएको क्वार्टरफाइनलको पहिलो लेगमा एज्याक्सविरुद्ध आफ्नो १२५औँ गोल गरेका हुन् । यद्यपि, उनको बलियो टिम युभेन्टसले सन् २००३ यता पहिलोपटक क्वार्टरफाइनल खेलिरहेको एज्याक्सलाई हराउन भने सकेन ।

खेलभर युभेन्टसमाथि एज्याक्सको दबाब देखियो । ६१ प्रतिशत पोसेसन राखेको एज्याक्सले १९ पटक प्रहार गर्यो, जसमध्ये ६ प्रहार लक्ष्यमा साेझिएका थिए, तर गोल भने भइरहेको थिएन । 

पहिलो हाफको अन्त्यतिर रोनाल्डोको काउन्टर अट्याकबाट युभेन्टसले अग्रता लियो । तर, दोस्रो हाफको सुरुमै नेरेसले गोल फर्काउँदै एज्याक्सलाई बराबरीमा ल्याए ।

रोनाल्डोको गोल भएको प्रहार नै युभेन्टसको लक्ष्यमा साेझिएको एक मात्र प्रहार थियो । एज्याक्सले थुप्रै प्रहार गरे पनि युभेन्टसका गोलकिपरले उत्कृष्ट बचाउ गर्दा खेल १–१ को बराबरीमा टुंगियो । 


यस विषयसँग सम्बन्धित समाचार

यो सामाग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्