सुदूरपश्चिम विश्वविद्यालयमा उपकुलपति विवाद, नेवि संघले गर्यो अनिश्चितकालीन तालाबन्दी

कञ्चनपुर– सुदूरपश्चिमाञ्चल विश्वविद्यालयको केन्द्रीय कार्यालयमा नेवि स‌ंघले अनिश्चितकालीन तालाबन्दी गरेको छ ।विश्वविद्यालयको उपकुलपति नियुक्तिको विषयलाई लिएर नेवि संघले बुधबारदेखि तालाबन्दी गरेको हो ।

तीन महिनादेखि विश्वविद्यालयलाई अनिर्णयको बन्दी बनाई एकै विश्वविद्यालयमा दुई कुलपति नियुक्ति गरेकाले तालाबन्दीमा उत्रिनुपरेको नेवि संघ सुदूरपश्चिम विश्वविद्यालय समितिले बताएको छ । 

विश्वविद्यालयका उपकुलपति भूषण श्रेष्ठको पदाअवधि बाँकी छँदै प्राध्यापक डा. पूर्णबहादुर चन्दलाई निमित्त उपकुलपति तोकिएको थियो । त्यसयता नेवि संघ सम्बद्ध विद्यार्थी आन्दोलनमा छन् । निर्णय नउल्टिएसम्म तालाबन्दीसँगै आन्दाेलन जारी राख्ने उनीहरुकाे अडान छ । 





  • प्रकाशित मिति : चैत २८, २०७५ बिहीबार १०:१२:५३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया