नेपाल समाजवादी पार्टीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले ठूलो त्याग र बलिदानले ल्याएको गणतन्त्र लोकतन्त्रलाई बचाउन नसक्दा देशमा अस्थिरता र भ्रष्टाचार बढ्दै गएको बताएका छन् ।
आइतबार रिपोर्टर्स क्लब नेपाल लुम्बिनी प्रदेशले बुटवलमा गरेको साक्षात्कार कार्यक्रममा बोल्दै डाक्टर भट्टराईले राजनीतिक दलहरूकै कारण देश र जनताको अवस्था निकै गम्भीर अवस्थामा पुगेको बताए ।
नेपालका पार्टीहरू उत्तर, दक्षिण र पश्चिममुखी भएकाले देशले निकास नपाएको उनको भनाइ छ । उनले देशमा चरम बेरोजगारी, बेथिति र उद्योग व्यवसायहरू धराशायी बन्दै गएकोप्रति वर्तमान सरकारले ध्यान नदिएको बताए ।
सत्ता टिकाउन कसैलाई तर्साउने र कसैलाई बचाउने खेल मात्रै चलेको उनले दाबी गरे । सरकारले उठाएका ठूला फाइलहरूको हालसम्म कुनै टुंगोमा पुर्याउन नसकेको उनको आरोप थियो ।
सत्ताको लालचीमा आफू कहिल्यै नलागेको दाबी गर्दै डा.
भट्टराईले भने, ‘राजनीतिक भनेको देश लुट्ने अस्त्र बन्यो । चुनावलाई महँगो बनाउने र नागरिकले दिएको भोटले जितेर त्यसको फाइदा विभिन्न नाममा भ्रष्टाचार गर्ने प्रवृत्ति बढ्यो ।’
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।