गुल्मीमा जिप दुर्घटना हुँदा पूर्वसांसदसहित २ को मृत्यु

 गुल्मी– गुल्मीकाे दर्लिनबाट सदरमुकाम तम्घास जाँदै गरेकाे जिप बिहीबार बिहान च्यानडाँडामा दुर्घटना हुँदा पूर्वसांसद रुद्रमणि शर्मा भण्डारीसहित दुई जनाको मृत्यु भएको छ । दुर्घटनामा परी ८ जना घाइते भएका छन् ।

लु १ ज १९५७ नम्बरको जिपमा १० जना यात्रु सवार रहेकाे गुल्मी प्रहरीले जानकारी दिएकाे छ ।  जिप सडकबाट करिब २ सय मिटर तल खसेको थियाे । 

प्रहरीका अनुसार दुर्घटनामा मृत्यु भएका अर्का व्यक्तिकाे पहिचान खुलेकाे छैन । घाइतेकाे सदरमुकाम तम्घासमा उपचार भइरहेकाे छ । 

७२ वर्षीय भण्डारी २०४७ सालमा गुल्मीको तत्कालीन क्षेत्रनम्बर ३ बाट सांसद भएका थिए । उनी नेपाली कांग्रेसका पुराना नेता हुन् । 

 





  • प्रकाशित मिति : चैत २८, २०७५ बिहीबार १०:३८:३७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया