Sun, 22 Sep, 2019


कैलाली प्रहरीले पक्रियो विप्लवका जनसरकार प्रमुखसहित दुई नेता
फरकधार / चैत २८, २०७५

कैलाली– विप्लव नेतृत्वको नेकपा समूहका जनसरकार प्रमुखसहित २ नेता कैलालीबाट पक्राउ परेका छन् ।



प्रहरीका अनुसार, नेकपाको बर्दगोरिया गाँउपालिकाका जनसरकार प्रमुख अमर बम र क्रान्तिकारी किसान संघ, कैलालीका अध्यक्ष उदयराज थापा बुधबार दिउँसो बर्दगोरिया गउँपालिकाको बौनिया बजारछेउबाट पक्राउ परेका हुन् ।

पक्राउ परेका दुवै नेता अनुसन्धानका क्रममा जिल्ला प्रहरी कार्यालय, कैलालीको हिरासतमा छन् ।

विप्लव नेतृत्वको नेकपालाई सरकारले प्रतिबन्ध लगाएसँगै प्रहरीले देशभर यो समूहका नेता–कार्यकर्ताको खोजी तीव्र पारेको छ । यस क्रममा विप्लव समूहका तेस्रो वरीयताका नेतासहित दर्जनौँ नेता–कार्यकर्ता पक्राउ परिसकेका छन् । 


यस विषयसँग सम्बन्धित समाचार

यो सामाग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्